बारामा बस दुर्घटना अपडेट : ३ जनाको सनाखत

बारा— बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु हुने ३ जनाको सनाखत भएको छ ।
मृत्यु हुने ७ मध्ये ३ जनाको सनाखत भएमो जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।
मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित, भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षीया मीरादेवी सिंह रहेका डीएसपी न्यौपानेले बताए ।
बाँकी ४ जनाको सनाखत हुन बाँकी छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० ०९:११













