News Griha :: न्यूजगृह
यी हुन् बारा बस दुर्घटनामा घाइते भएकाहरू, तीन जना नेपाली

काठमाडौं— बाराको जीतपुरसिमरा उपमहानगर–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ६ जना भारतीय नागरिकहरू र एक जना नेपालीको मृत्यु भएको हो । घटनामा महोत्तरीको लोहारपटी–५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।

यस्तै, भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी रहेका छन् ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति १ बजे दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएका १७ जनाको हेटौँडाका अस्पतालहरूमा उपचार भइरहेको छ ।

घाइतेहरू 

१, ३८ वर्षीय महोत्तरी जलेश्वर नगरपालिका बिहारी मुखीया ।

२, ४१ वर्षीय धनुषा मौवा गाउँपालिका–१८ जनकपुरका घुरन मण्डल ।

३, २६ वर्षीय महोत्तरी लोहारपति नगरपालिका–५ का जसबेन्दर पासवान ।

४, ४८ वर्षीय भारत राजस्थानका घनश्याम चतुरबेदी ।

५, ५३ वर्षीय भारत राजस्थानका माया देवी ।

६, ३५ वर्षीय भारत राजस्थानका अनिल कुमार ।

७, ५० वर्षीय भारत राजस्थानका तारा वती चतुरबेदी ।

८, ९ वर्षीय भारत राजस्थानका क्रितिका चतुरबेदी ।

९, ४८ वर्षीय भारत राजस्थानका श्याम लाल माली ।

१०, ४७ वर्षीय भारत राजस्थानकी हरवारी माली ।

११, ७० वर्षीय भारत राजस्थानकी चौथी देबी ।

१२, ७२ वर्षीय भारत राजस्थानका सुरेस चन्द्र चक्रवती ।

१३, ७३ वर्षीय भारत राजस्थानका राम प्रसाद ।

१४, ६३ वर्षीय भारत राजस्थानका धरम सिंह ।

१५, ६० वर्षीय भारत राजस्थानकी इन्दु धाकद ।

१६, १६ वर्षीय भारत राजस्थानकी गर्बिदा चतुरबेदी ।

१७, ५४ वर्षीय भारत राजस्थानका राम कुमार चतुरबेदी ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १०:५२
Weather Update