पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन

तनहुँ— पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे खण्ड सञ्चालनमा आएको छ ।
बुधबारदेखि परेको वर्षाका कारण अवरुद्ध खण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
विपद् व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिकाको सहयोगमा पहिरो हटाएर राजमार्ग सञ्चालनमा ल्याएको हो ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तारका क्रममा राजमार्गका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ । आयोजनाले सडक छेउका भित्ता काट्ने काम गरेकाले वर्षाले पहिरो झर्ने गरेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० ११:३३













