काठमाडौंसहित देशभरका नदीमा पानीको सतह बढ्ने, सतर्क हुन आग्रह

काठमाडौं— वर्षाका कारण ठूला नदीहरूमा जलसतह बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले महाकाली, नारायणी र मर्स्याङदी नदीको जलसतह सतर्कता तह नजिक पुग्ने जनाएको हो ।
यस्तै, साना नदी तथा खोलाहरूमा पनि आकस्मिक बाढीको जोखिम हुने सक्ने भन्दै सतर्क हुन आग्रह गरेको छ ।
केन्द्रले काठमाडौं, भक्तपुर, ललितपुर, चितवन काभ्रे, मकवानपुर, सिन्धुलीलगायत पहाडी जिल्लाको नदी किनारमा सतर्क हुन आग्रह गरेको हो ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० १०:३६













