News Griha :: न्यूजगृह
बालेन साह जस्तो मान्छेले यस्तो कुरा गर्न सुहाएन् : मन्त्री खड्का

काठमाडौं— बागमती प्रदेश सरकारकी वन तथा वातावरण मन्त्री मसिना खड्काले काठमाडौंको जडीबुटीस्थित बसपार्क हटाउन नहुने बताएकी छन् ।

काठमाडौं महानगरको जडीबुटीस्थित बसपार्क हटाउने तयारी गरेपछि बिहीबार भएको छलफलमा मन्त्री खड्काले काठमाडौं महानगर मेयर बालेन्द्र साह (बालेन)लाई लक्षित गर्दै क्षणिक वाहवाही पाउन काम गर्न नहुने बताइन् ।

यातायात व्यवसायीहरूसमेत सहभागी रहेको छलफलमा मन्त्री खड्काले काठमाडौंभित्रका बसपार्कहरूलाई व्यवस्थित बनाउनु पर्ने बताइन् ।

‘महानगरले समन्वयन गर्नु पर्ने ठाउँमा असहज गर्‍यो भन्ने कुरा सुन्दा दुःख लाग्यो, उहाँ (बालेन साह) जस्तो मान्छेले यस्तो कुरा गर्न सुहाएन्,’ उनले भनिन्, ‘यो विषयमा गहन रुपले सोच्नु पर्ने हुन्छ, महानगरको जुन काम गरेको छ, त्यसको वाहवाह भइरहेको छ, यस्तो कामले नकारात्मक सन्देश प्रवाह गर्छ जस्तो लाग्छ  ।’

मन्त्री खड्काले काठमाडौं महानगरमा सबै जिल्लाको मानिसहरू बस्ने भएकाले उनीहरू आआफ्नो जिल्लामा जाँदा सहज हुने व्यवस्था काठमाडौं महानगरले गर्नु पर्ने बताइन ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ११:४९
Weather Update