गौहत्यामा संलग्नलाई कारबाही गर्न कमल थापाको माग

काठमाडौं— राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले धरानमा भएको गौहत्याको घटनाप्रति आपत्ति जनाएका छन् ।
समाजिक सञ्जालमार्फत उनले धरानमा सार्वजनिक रुपमा गौवंशको हत्या गरेर सामुहिक भोज गरिएको भन्दै आपत्ति जनाएका हुन् । उनले घटना लज्जाजनक भएको उल्लेख गरेका छन् ।
‘केही दिनअघि धरानमा सार्वजनिक रुपमा गौवंशको हत्या गरेर सामुहिक भोज गरिएको घटनाका सम्बन्धमा सरकारको मौनता लज्जाजनक छ, घटनाले सनातन धर्मावलम्बीहरूलाई मर्माहत बनाएको छ,’ उनले भने, ‘कानुनद्वारा निषेधित यस्तो कार्यमा संलग्नहरू कारबाही गर्न सरकारसँग माग गर्दछु, सामाजिक सद्भाव कायम गर्न सबैमा अपिल गर्दछु ।’
उनले कानुनद्वारा निषेधित कार्यमा संलग्नहरू कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० ११:००













