News Griha :: न्यूजगृह
नेपालमा वनले ओगटेको क्षेत्रफल ४५ प्रतिशत पुग्यो : अर्थमन्त्री महत
फाइल तस्बिर

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) ७ औं विश्व सम्मेलनको विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।

क्यानाडाको भ्यान्कुभरमा आयोजित सम्मेलनमा महतले विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग द्विपक्षीय विषयमा छलफल गरेका छन् ।

त्यसैगरी, मन्त्री महतले विश्व वन्यजन्तु कोषका प्रमुख संरक्षण अधिकृत निक शेखरन, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम प्रशासक अकिम स्टिनर तथा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघकी निर्देशक डा. ग्रेथल अग्वीलरसंग जलवायू परिवर्तनले पारेको विश्वव्यापी प्रभाव तथा नेपालले सामाना गर्नु परेका चुनौतीहरू एवं त्यसको न्युनीकरण गर्ने उपायहरूको बारेमा छलफल गरेका छन् ।

द्विपक्षीय बैठक काक्रममा अर्थमन्त्री डा. महतले वातावरण संरक्षणको क्षेत्रमा नेपालले गरेका प्रयास तथा उपलब्धिबारे प्रकाश पारेका थिए । बैठकमा मन्त्री महतले नेपालले सामुदायिक वनको अवधारणाबाट वनले ओगटेको क्षेत्रफल झण्डै ४५ प्रतिशत पुगेको जानकारी दिए । 

यस्तै, उनले पछिल्लो दशकमा बाघको संख्यामा तेब्बर वृद्धि तथा गैँडाको संख्यामा झण्डै दोब्बर वृद्धि भएको जानकारी दिएका थिए ।  

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १३:११
Weather Update