प्रतिक्रिया
गिरीबन्धु टी स्टेटको जग्गा छानबिन गर्न जरुरी छैन, मन लागे गर्नू : एमाले अध्यक्ष ओली

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टी स्टेटको जग्गाका विषयमा छानबिन गर्न जरुरी नरहेको बताएका छन् ।
बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गिरीबन्धु टी स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निर्णयका विषयमा छानबिन गर्न जरुरी नभएको तर छानबिन गर्न मन लागे गर्न सुझाव दिएका हुन् ।
बिनाकानुन जग्गा सट्टापट्टा गर्ने गरिएपछि एमाले सरकारले कानुन बनाएर व्यवस्थित गर्ने काम गरेको ओलीको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० १७:५४













