नारायणगढ-मुग्लिन सडक दुवै तर्फी सञ्चालन

चितवन– पहिरोका कारण अवरुद्ध नरायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
सोमबार राति गएको पहिरोले अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले जानकारी दिए ।
चितवनको इच्छाकामना-६ नाम्सीखोला पुलमा पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो । पहिरो हटाएसँगै सवारी साधन आआफ्नो गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नरायणगढ-मुग्लिन सडक खण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८० १४:३८













