News Griha :: न्यूजगृह
बाढीपहिरोबाट कहाँ–कहाँ भयो सडक अवरुद्ध ? 
फाइल तस्बिर ।

काठमाडौं— सडक विभागले बाढीपहिरोका कारण ७ वटा राजमार्ग अवरुद्ध भएको जनाएको छ ।

तमोर करिडोरअन्तर्गतको चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारमा अवरुद्ध रहेको सडक विभागले मंगलबार बिहान जानकारी दिएको हो ।

विभागका अनुसार कोशी राजमार्गअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान धनकुटा हिले, लेघुवाघाट–तुम्लिङ्गटार खाँदवारी–नुम किमाथांका जोड्ने सडक संखुवासभाको मुढेमा अवरुद्ध रहेको छ ।

त्यसैगरी बालाजु– त्रिशूली–धुन्चे–स्याफ्रुबेसी जोड्ने सडक पनि नुवाकोटको निगालेमा अवरुद्ध भएको विभागको भनाइ छ ।

राप्ती राजमार्गअन्तर्गत अमेलिया–तुल्सिपुर–शितलपाटी थारमारे मुसीकोट जोड्ने सडक सल्यानको जलेखर्कमा अवरुद्ध रहेको छ ।

तानसेन–रिडी–कोरला जोड्ने सडक मुस्ताङ र म्याग्दी जिल्लाका विभिन्न ठाउँमा अवरुद्ध रहेको विभागले जानकारी दिएको छ ।

ठोरी–भरतपुर–मुग्लिङ,आँबुखैरेनी गोरखा–घ्याम्पेसाल,आरूघाट सिर्दिवास–रोइला भञ्ज्याङ जोड्ने सडक चितवनको नाम्सी पुलमा अवरुद्ध रहेको छ ।

विभागको भनाइमा मनसुनजन्य गतिविधि सुरु भएदेखि बाढीपहिरोबाट २७ वटा राजमार्गको २ सय १६ ठाउँमा क्षति पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०९:४३
Weather Update