News Griha :: न्यूजगृह
प्रहरी प्रशासनलाई मुद्दा हाल्ने मेयर हर्क साम्पाङको चेतावनी

काठमाडौं— धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारको प्रहरी प्रशासनविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका छन् । 

मेयर साम्पाङले आफूविरुद्ध अभद्र व्यवहार हुँदा सरकारका सम्बन्धित निकाय चुप लागेको भन्दै मुद्दा हाल्ने चेतावनी दिएका हुन् । केही दिनअघि उनीविरुद्ध स्थानीय एक महिलाले अभद्र व्यवहार गरी सामाजिक सञ्जालमा राखेका थिए ।

‘यो देशमा राज्य सरकार छ, छैन ? ममाथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टाभित्र पक्राउ गरी अनुसन्धान चलाइएन भने मैले पत्रकार सम्मेलन गरी र सम्बन्धित निकायहरूविरुद्ध नै मुद्दामा जानुको विकल्प रहने छैन,’ उनले भने ।

उनले आफूले प्रहरी प्रशासनविरुद्ध मुद्दा दायर गर्दा हुने अराजकताको जिम्मेवारी को हुने भन्दै प्रश्न गरेका छन् । 

यस्तै, उनले नागरिकको आन्दोलनलाई कस्ले सम्बोधन गर्नेबारे सचेत हुन आग्रह गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १०:५४
Weather Update