News Griha :: न्यूजगृह
ललिता निवास प्रकरण : बाबुराम भट्टराईले दिए सीआईबीलाई जवाफ

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफूले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई जवाफ दिएको बताएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले तत्कालीन आफ्नो पालाको मन्त्रिपरिषद निर्णय सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिएको जानकारी दिएका हुन् । 

‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्य तथ्यको जानकारी मेरो सुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम सीआईबीलाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु,’ उनले भने ।

यस क्रममा अध्यक्ष भट्टराईले तलिता निवास जग्गाको मुद्दा चाँडै टुंगोमा पुग्ने कामना गर्दै देशका सबै प्रकारका भ्रष्टाचार अन्त्य भई सुशासन हुने आशा लिएका छन् ।

उनले भने, ‘यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानबिन्दु बनोस् भन्ने कामना गर्दछु ।’

 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ११:१२
Weather Update