News Griha :: न्यूजगृह
दुर्गममा कर्मचारी नबस्ने प्रवृत्ति घातक : प्रधानमन्त्री दाहाल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्गममा कर्मचारी बस्न नचाहने प्रवृतिप्रति आफू गम्भीर रहेको बताएका छन् ।

कर्णाली प्रदेश स्थापना तथा शहीद दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय सरकारले त्यस विषयमा ध्यान दिन नसकेको भन्दै अब समस्या समाधानका लागि ठोस पहल गर्ने बताए । 

‘संघीय सरकारले पनि पर्याप्त ध्यान नदिँदा प्रदेश सरकारका काम कारबाही प्रभावित भएको भन्ने यहाँहरूको गुनासोलाई मैले गम्भीरतापूर्वक लिएको छु,’ उनले भने, ‘आगामी दिनमा यो समस्याको उचित सम्बोधनका लागि आवश्यक पहल लिने विश्वास दिलाउँछु ।’

त्यस्तै, बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारको पूर्ण साथ दिने उनको प्रतिबद्धता थियो ।

‘कर्णालीको विकासलाई मैले सधै प्राथमिकतामा राख्दै आएको छु, आगामी दिनमा समेत नीति, कार्यक्रम र बजेटमा यस प्रदेशलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १३:०६
Weather Update