News Griha :: न्यूजगृह
विदेशी पैसा साट्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् विनिमय दर [सूची]

काठमाडौं— नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६७ पैसा र बिक्री दर १३३ रुपैयाँ २७ पैसा तोकिएको छ ।

त्यसैगरी यूरो एकको खरिद दर १४४ रुपैयाँ २७ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसा तोकिँदा पाउण्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ९८ पैसा र बिक्री दर १६९ रुपैयाँ ७५ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ९६ पैसा र बिक्री दर ८५ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको छ ।

सूची   

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०७:५५
Weather Update