News Griha :: न्यूजगृह
सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने दर तीन गुणाले बढ्यो : प्रस्तावित प्रधानन्यायाधीश

काठमाडौं— प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने दर तीन गुणाले बढेको बताएका छन् ।

संसदीय सुनुवाइ समितिमा सुनुवाइको प्रकृयामा श्रेष्ठले न्यायपालिकामा कार्यबोझ र न्याय सम्पादनको स्तरको उल्लेख गर्दै पछिल्लो वर्ष कार्यबोझ पनि तीन गुणाले बढेर गएको बताए ।

उनले भने, ‘२०६१ साल मसान्तसम्म एक लाख १० हजार १०२ मुद्दा थियो, तर २०८० साल असार मसान्तसम्म तीन लाख ३७ हजार ६०२ मुद्दाको संख्या पुगेको छ, मुद्दाहरू करिब तेब्बर संख्यामा दर्ता हुने क्रम बढेको छ ।’ 

सर्वोच्चको कार्यबोझ हेर्दा १० वर्षअगाडि सर्वोच्चमा जम्मा २४ हजार ५७० मुद्दा पर्दा ६ हजार ७९६ मात्र फछ्यौट हुने उनको भनाइ थियो । 

‘अहिले असार मसान्तसम्म ४० हजार ३०३ मुद्दाको दर्ता संख्या रह्यो,’ उनले भने, ‘त्यसमा १२ हजार १६२ फछ्यौट अर्थात् १० वर्षअगाडिको तुलनाको रुपमा सबैभन्दा धेरै सवोच्चले फैसला गरेको छ ।’

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १३:२३
Weather Update