सर्वोच्चले तोकेरै पूर्वप्रधानमन्त्रीलाई छानबिन गर्न भनेको छैन : प्रवक्ता खतिवडा

काठमाडौं— नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीमाथि छानबिन गर्न नभनेको तर्क गरेका छन् ।
केन्द्रीय कार्यालयमा शनिबार सचिवालय बैठकपछि पत्रकारसँग उनले आवश्यक पर्नेहरूमाथि छानबिन गर्न भनेको उनको दाबी छ ।
‘पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्नु भनेर सर्वोच्चले तोकेर भनेको मलाई थाहा छैन, छानबिन गर्न आवश्यक पर्ने कसैलाई नछोड्नु भन्ने आशयमा उसले आफ्नो आदेश दिए जस्तो लाग्छ,’ उनले भने, ‘छानबिन गर्न आवश्यक पर्नेहरूलाई उसले (सीआईबी)ले बोलाउँछ, आवश्यक नपर्नेहरूलाई बोलाउँदैन ।’
शनिबारको सचिवालय बैठकले भदौ ५, ६ र ७ गते बस्ने केन्द्रीय कमिटीका एजेण्डा तय गरेको र महत्वपूर्ण निर्णय ७ गते सार्वजनिक गर्ने भएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २, २०८० १८:२९













