News Griha :: न्यूजगृह
काठमाडौंका यी ८ क्षेत्रमा आज ५ घण्टा विद्युत अवरूद्ध हुने

काठमाडौं— शनिबार काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध हुने भएको छ ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु—स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौंका विभिन्न ठाउँमा शनिबार विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न स्युचाटार सबस्टेसनको विद्यमान १३२ केभी मुख्य बसवार विस्तार गरी नयाँ निर्माण गरिएको १३२ केभीवेमा जडान गर्नुपर्ने भएकाले स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेको तल उल्लेखित फिडरहरूमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

साथै १३२ केभीबसवार सटडाउन हुने भएकोले यसैसँग सम्बन्धित टेकु, बालाजु, के टु र के थ्री सबस्टेसनबाट आपूर्ति हुने केही क्षेत्रहरूमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ । निर्धारित समयअघि कार्य सम्पन्न भएमा लाइन सुचारु गरिने प्राधिकरणले जनाएको छ ।

शनिबार बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स तथा अलकत्रा, सरनपुर,थापाचोक,स्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर क्षेत्रमा विद्युत् अवरूद्ध हुने छ।

त्यस्तै ज्ञानोदय, गाई बाच्छा पाटी, स्वयम्भू, सानो भर्‍याङ, बारूदखाना क्षेत्र, बलम्बु, ढुंगेअड्डा नैकाप, सतुङ्गल, बोसीगाउँ सालिक चोक, एलआरआई, न्न्यू डाइमण्ड आदि क्षेत्रमा पनि विद्युत अवरूद्ध हुने प्राधिकरणले जानकारी दिएको छ।

सिर्जना चोक, इन्द्रयान, गुर्जुधारा, हिल भिजन कोलोनी, पाटीचोक, गौतम गाउँ, हसनटार,गोदामथोक, रामकोट, भीमढुङ्गा, छत्रे देउरालीसम्म पनि अवरूद्ध हुने छ।

त्यस्तै दुर्गानगर,स्युचाटार पुल, मकालु पेट्रोल पम्प, शहीद अस्पताल, कालीमाटी तथा मालपोत, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर, ट्याङ्लाफाँट, कीर्तिपुर बजार, मैत्रीनगर, बाघ भैरव, मन्दिर इलाका, पाङ्गा दोबाटोसम्म विद्युत सेवा अवरूद्ध हुने प्राधिकरणले बताएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ०८:५७
Weather Update