संसद् अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल हुँदै

काठमाडौं— संसद्को जारी अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल हुँदै छ ।
प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच बालुवाटारमा बिहान छलफल हुन लागेको हो । छलफलका लागि सभामुख बालुवाटार जाँदै गरेको सभामुखको सचिवालयले जनाएको छ ।
‘संसद्को अवरोध खुलाउने विषयमा सम्माननीय सभामुख देवराज घिमिरेले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सरकारी निवास बालुवाटारमा छलफल गर्दै हुनुहुन्छ । उहाँ जाँदै हुनुहुन्छ,’सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले भने ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ६० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसद् अवरोध गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० ०९:२०













