ठूला नदीहरूमा पानीको सतह सामान्य, साना नदीहरूको अवस्था कस्तो ?

काठमाडौं— जल तथा मौसम विज्ञान विभागले देशभरका नदी तथा खोलाहरूमा पानीको सतह सामान्य अवस्थामा रहेको जनाएको छ ।
विभागको बाढी पूर्वानुमान महाशाखाले ठूला नदी तथा सहायक नदीहरूमा पानीको सतह सतर्कता सामान्य अवस्थामा रहेको जानकारी दिएको हो ।
महाशाखाले आगामी तीन दिन कोशी, नारायणी, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जल सतह सतर्कता तहभन्दा तलै रहने जनाएको हो ।
यसैगरी, महाशाखाले पहाडी जिल्लाहरूका नदीहरूमा आगामी तीन दिन बाढीको जोखिम न्युन रहने पूर्वानुमान गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० ०९:५१













