मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौं— मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
राजधानी क्वालालम्पुरस्थित लंकावी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेलांगोरका लागि उडेको निजी जेट विमान सुल्तान अब्दुल अजिज शाह विमानस्थल नजिकको सडकमा दुर्घटना भएको हो ।
घटनामा ६ यात्रु र चालक दलका रहेको विमान दुर्घटना भएपछि सडकमा गुडिरहेका कार र मोटरसाइकलसँग ठोक्किएको थियो । दुर्घटनामा विमानमा रहेका आठ जना र मोटरसाइकल र कारमा सवार दुई गरी १० जनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।
विमान दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान र पोष्टमार्टमका लागि टेंकु अम्पुअन रहिमह अस्पताल लगिएको छ । दुर्घटनाको अनुसन्धान मलेसियाको यातायात मन्त्रालयको नेतृत्वमा हुने बताइएको छ । यातायात मन्त्री एन्थोनी लोकले अनुसन्धान जारी रहेको सीएनएनलाई जानकारी दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० ११:३९













