News Griha :: न्यूजगृह
यी हुन् काठमाडौंका बाढी र डुबानका क्षेत्र

काठमाडौं— काठमाडौं महानगरपालिका क्षेत्रका १ सय ७ स्थान बाढीको उच्च डुबानमा रहेको छ ।

वर्षा हुने बित्तिकै ती क्षेत्रहरूमा बाढी र डुबानले समस्या पार्दछ ।  महानगरपालिकाले डुबानग्रस्त क्षेत्रको लगत तयार गर्दै १ सय ७ स्थानको पहिचान गरेको हो ।

महानगरको विपद् व्यवस्थापन विभागका प्रमुख देवेन्द्र पोखरेलका अनुसार बर्सातको पानी, ढल ओभरफ्लो हुँदा, खहरे खोला, पानीको बहाब बढ्दा, वर्षाको पानीको निकास पूर्ण रुपमा नहुँदा, भेल र ढल निकास नभएका कारणले गर्दा महानगरका धेरै जसो क्षेत्रहरू डुबानमा पर्ने गरेको छ ।

केही दिन अघिको वर्षाका कारण नारायणहिटी दरबारको उत्तरतर्फ धोबीधारा सडक, नक्साल भगवतीबहाल चोक, केशरमहल र जमल क्षेत्र, पाटीटार, सरस्वती नगर, शान्तिनगर, रामनगरलगायतका स्थानमा डुबानमा परेको थियो । 

कुमारी गाल, गौरीघाट, गंगाहिटी, गोपीकृष्ण, साततले एरिया क्षेत्रमा डुबानमा पर्दै आएको छ । पन्चकन्या टोल र गुहेश्वर टोल क्षेत्रमा बौद्ध हुँदै आउने आकाशे पानीका कारण डुबानमा पर्ने गरेको छ ।

त्यसैगरी सोह्रखुटे गणेस्थान मार्गभित्रको क्षेत्र, ऐराहिटी, ढुंगेधारा क्षेत्र, खरिबोट क्षेत्र वर्षा हुनेबित्तिकै डुबानमा पर्ने गर्छ । क्वाःबहाल, ढल्कोस्थित बुद्ध गल्ली क्षेत्र डुबानमा पर्ने गर्छ ।

कालोपुलदेखि रातेपुलसम्म डिल्लीबजार पिपलबोटदेखि सेतोपुल क्षेत्रसम्म वर्षातको पानी पूर्ण रुपमा निकास नहुँदा जनतामार्ग, पञ्चकुमारी मार्ग, पवन मार्ग, शहीद मार्गलगायतका क्षेत्रमा डुबानमा पर्छन् ।

यो पनि

काठमाडौंको सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा

काठमाडौंमा भारी वर्षा,सामाखुसी क्षेत्र डुबानमा

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १९:२३
Weather Update