News Griha :: न्यूजगृह

काठमाडौं— गएरातिदेखि परेको वर्षाको कारण अनामनगरस्थित धोबीखोला र सामाखुसी आसपासको क्षेत्र डुबानमा परेको छ ।

वर्षाका कारण मंगलबार बिहान सो क्षेत्र डुबानमा परेको हो । धोबीखोलामा पानीको सतह उच्च हुँदा वरिपरिका घरहरु पनि डुबानमा परेका छन् ।

सामाखुसी क्षेत्र पनि डुबानमा परेको छ । सामाखुसीमा विद्यालय, घरलगायतका क्षेत्र डुबानमा परेका हुन् । बाग्मती नदी किनारमा रहेको सुकुम्बासी बस्तीमा पनि बाढी पसेको छ ।

उपत्यकामा बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र ती क्षेत्र आसपास भारी वर्षा मापन भएको छ । नदी तथा खोलाको जलसतह बढ्ने क्रममै रहेकोले नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सर्तकता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरालगायतमा बाढी आएको छ । त्यसैले नदी तटिय क्षेत्रहरूमा रहनेहरूलाई मंगलबार बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ  ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०९:५३
Weather Update