काठमाडौंमा भारी वर्षा,सामाखुसी क्षेत्र डुबानमा

काठमाडौं— गएरातिदेखिको भारी वर्षाका कारण काठमाडौंको सामाखुसी क्षेत्र डुबानमा परेको छ ।
विद्यालयलगायतका संरचना जलमग्न भएका छन् । घरभित्रै पानी पसेपछि मानिसहरूले फाल्ने र सामान सुरक्षित स्थानमा सार्ने गरिरहेका छन् ।
वर्षाका कारण नदीहरूमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
काठमाडौं उपत्यकाका बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट क्षेत्र आसपास भारी वर्षा मापन भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरालगायतमा बाढी आएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० ०८:१८













