News Griha :: न्यूजगृह
बंगलादेशी पर्यटकलाई पञ्चेबाजासहित भव्य स्वागत

काठमाडौं— नेपाल पर्यटन बोर्डले पहिलो पटक नेपाल आएका बंगलादेशी  पर्यटकहरूलाई पञ्चेबाजासहित स्वागत गरेको छ ।

बोर्डले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरेको हो । शुक्रबार १७० बंगाली पर्यटकको स्वागत गरिएको हो ।

नेपाल भ्रमण गर्न पाउँदा पर्यटकहरू निकै उत्साहित देखिएका छन् । नेपालको सुन्दरता हेर्न र नेपाली खाना खान आफूहरू धेरै उत्साहित भएको बंगाली पर्यटकहरूको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १३:३३
Weather Update