अब कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा

काठमाडौं— काठमाडौं महानगरपालिकाले कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउने भएको छ ।
महानगरको २१औं नगर कार्यपालिका बैठकले कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउने निर्णय गरेको हो ।
महानगरले दिवा खाजामा संघीय सरकारले दिएको रकममा थप गरी प्रतिविद्यार्थी ३० रुपैयाँका दरले दिवा खाजा खुवाउने निर्णय गरेको छ ।
कक्षा १० सम्म प्रतिविद्यार्थी दैनिक ३० रुपैयाँका दरले खाजा खर्च उपलब्ध गराउने महानगरकाे निर्णय छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० १९:५८













