News Griha :: न्यूजगृह
कांग्रेस नेता न्यौपानेको निधन, तीन दिन पार्टीको झण्डा झुकाइने
फाइल तस्बिर

काठमाडौं— नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको निधन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार शोक विज्ञप्ति जारी गरी पार्टीका नेता न्यौपानेको ७२ वर्षको उमेरमा निधन भएको जानकारी दिए ।

स्वर्गीय न्यौपानेले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको र उनको निधनबाट कांग्रेसले एक अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसले बताएको छ । 

उनको निधनमा कांग्रेसलाई अपूरणीय क्षति पुगेको मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । न्यौपानेको श्रीमती र दुई छोरा छन् ।

कांग्रेसले नेता न्यौपानेप्रति सम्मान प्रकट गर्दै भदौ १, २ र ३ गते तीन दिन केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा पार्टीको झण्डा झुकाउने भएको छ । १३ दिनसम्म केन्द्र र जिल्लामा शोक पुस्तिका राख्ने र १३ औं दिनमा शोकसभा गर्ने जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १५:०४
Weather Update