News Griha :: न्यूजगृह
‘तलब बढाएर श्रमिकलाई दिन सकिन्न’

काठमाडौं— नेपाल उद्योग परिसंघले सरकारले बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक दिन नसकिने जनाएको छ । सरकारले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको थियो ।

परिसंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ,‘विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको परिसंघको धारणा छ ।’

अर्थतन्त्र मन्दीमा रहेको र उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादनका कारण निजी क्षेत्रको मनोबल घट्दो अवस्थामा रहेको परिसंघले उल्लेख गरेको छ । 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १८:५३
Weather Update