News Griha :: न्यूजगृह
बढाइयो श्रमिकको पारिश्रमिक, कति पुग्यो ? 

काठमाडौं— श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्‍त्रालयले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ ।

बिहीबार मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको हो ।

श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्‍याइएको मन्त्रालयको भनाइ छ ।

आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्तासहित १७ हजार पुगेको हो । यसअघि न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ थियो ।

 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  २१:१४
Weather Update