शिक्षक महासंघको आन्दोलनमा ईसीडी शिक्षकको सक्रिय सहभागिता
काठमाडौं— सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) सक्रिय भएका छन् ।
आइतबार (२८ साउन) देखि शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघले गरेको चरणबद्ध आन्दोलनमा उनीहरू सहभागी भएका हुन् ।
ईसीडी शिक्षकहरूले प्लेकार्ड बोकेर अन्य शिक्षक सरह आन्दोलनमा सरिक भएका छन् । शिक्षक महासंघले ईसीडी शिक्षकसम्बन्धी अघि सारेका मागमा उनीहरूले सहमति पनि जनाएका छन् ।
समयोचित तलब, दरबन्दी, पेसागत स्थायित्व, प्रा.वि.तह सरह सेवासुविधा जस्ता माग उनीहरूकाे छ ।
महासंघले सबै प्रकारका शिक्षक र विद्यालय कर्मचारीको माग सम्बोधन गर्ने गरी शिक्षा ऐन ल्याउन दबाब दिएको छ ।
शिक्षा ऐनको विधेयक संसदमा टेबुल गर्ने तयारीमा सरकार छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० १८:११













