News Griha :: न्यूजगृह
शिक्षा ऐन : शिक्षक कर्मचारीले बुझाए सांसदलाई ज्ञापनपत्र

काठमाडौं— नेपाल शिक्षक महासंघले सुरु गरेको आन्दोलनअन्तर्गत शुक्रबार सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश तथा प्रतिनिधि सभा सांसदलाई मागबारे ध्यानाकर्षण गराएका छन् ।

उनीहरूले भेट्न सम्भव भएका सांसदलाई ज्ञापनपत्र बुझाए भने भेट्न असम्भव भएकाहरूलाई इमेलमार्फत ज्ञापनपत्र पठाए ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति असहमति जनाउँदै शिक्षक महासंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

उक्त विधेयक गत साउन १६ गते मंगलबार मन्त्रिपरिषद् बैठकले संघीय संसदमा प्रस्तुत गर्ने निर्णय गरेको थियो ।

विधेयकप्रति शैक्षिक संघसंगठनले असहमति जनाउँदै आएका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १७:५२
Weather Update