News Griha :: न्यूजगृह
कांग्रेसको निष्कर्ष : एक क्विन्टल सुन विमानस्थलबाट बाहिरिनु चिन्ताको विषय
कांग्रेसको निष्कर्ष : एक क्विन्टल सुन विमानस्थलबाट बाहिरिनु चिन्ताको विषय सोमबार सम्पन्न भएको संसदीय दलको बैठकले विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भिर चिन्ताको विषय भएको निष्कर्ष निकालेको हो । कांग्रेसले सुन तस्करी कार्यमा संलग्न जोसुकै भए पनि छानबिनको दायराभित्र ल्याएर कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ । 
सरकारले संसद अवरोध गरेको एमाले सचेतक बर्तौलाको दाबी
सरकारले संसद अवरोध गरेको एमाले सचेतक बर्तौलाको दाबी नेकपा एमाले सचेतक महेश बर्ताैलाले संसदको अवरोध एमालेले नभई सरकारले गर्न खोजेको दाबी गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै  सचेतक बर्तौलाले सरकार प्रतिपक्षीको मागमा अनुदार देखिएको आरोप लगाए ।
देश आतंककारी समूहले चलाएको जस्तो छ : सांसद शर्मा 
देश आतंककारी समूहले चलाएको जस्तो छ : सांसद शर्मा  नेपाली कांग्रेसका सांसद सुनिल शर्माले देश आतंककारीहरूको समूहले चलाएको जस्तो महसुस भइरहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै सांसद शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको रबैया आतंककारी समूहको जस्तो भएको आरोप लगाए ।
एमालेको आरोप : सुन प्रकरणमा सरकारले प्रतिपक्षीको आवाज दबाउन खोज्यो
एमालेको आरोप : सुन प्रकरणमा सरकारले प्रतिपक्षीको आवाज दबाउन खोज्यो प्रमुख प्रतिपक्षी नेकपा एमालेले एक क्विन्टल सुन प्रकरण छानबिनमा सरकारले प्रतिपक्षको आवाज दबाउन खोजेको आरोप लगाएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले प्रतिपक्षीको आवाजलाई दबाउन खोजेको आरोप लगाएका हुन् ।
सरकारभन्दा सुशासन बढी महत्वपूर्ण हो : प्रधानमन्त्री
सरकारभन्दा सुशासन बढी महत्वपूर्ण हो : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि महत्वपूर्ण भएको बताएका छन् । सोमबार पार्टीको बागमती प्रदेश समितिको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारभन्दा सुशासन महत्वपूर्ण ठानेर काम गर्दा बेतिथि गर्नेहरू नछुटोस् भन्नेमा आफूहरू रहेको बताए ।
संसद बैठकमै प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारी भनेपछि...
संसद बैठकमै प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारी भनेपछि... सांसद शर्माको प्रश्नमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाएका हुन्  । उनले भने, ‘एउटा माननीयले प्रधानमन्त्रीलाई आतंककारी कसरी भन्न मिल्छ ? कसरी सम्भव हुन्छ ? यो रेकर्डबाट हटाएर कारबाही गर्नुपर्छ ।’
एमालेका सांसदले नाराबाजी गरेपछि संसद बैठक स्थगित
एमालेका सांसदले नाराबाजी गरेपछि संसद बैठक स्थगित सोमबार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा एमालेले एक क्विन्टल सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
तीन दिन बसेको कांग्रेस बैठकको निर्णय : संसद नियमित गर्न पहल गर्ने
तीन दिन बसेको कांग्रेस बैठकको निर्णय : संसद नियमित गर्न पहल गर्ने नेपाली कांग्रेसले अवरुद्ध संसद नियमित गर्न पहल गर्ने निर्णय गरेको छ । तीन दिन बसेको कांग्रेस संसदीय दलको बैठकले अवरुद्ध संसद सुचारु गर्न पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सत्तारुढ दलहरूसँगै प्रमुख प्रतिपक्षलगायत अन्य सबै दलसँग छलफल गरेर संसद खोल्न पहल गर्ने निर्णय भएको उनको...
‘सामान्य परिवारको मान्छे मन्त्रीका रुपमा आएँ, सिक्ने मौका पाएँ'
‘सामान्य परिवारको मान्छे मन्त्रीका रुपमा आएँ, सिक्ने मौका पाएँ' निवर्तमान संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीले पद र प्रतिष्ठा सधै नहरने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पद प्रतिष्ठा सधैभरि नरहने बताउँदै जिम्मेवारी लिएपछि अन्तिमसम्म देश र जनताका लागि काम गर्नु पर्ने बताए ।
पत्रकार सम्मेलन गरेर सरकारबाट बाहिरिए मोदी, यस्ता छन् आठ महिनामा गरेका कामहरू
पत्रकार सम्मेलन गरेर सरकारबाट बाहिरिए मोदी, यस्ता छन् आठ महिनामा गरेका कामहरू मोदीको ठाउँमा जनमत पार्टीकी अनितादेवी साहले पद तथा गोपनियताको शपथ लिएकी छन् । सोमबार बिहान १० बजे अनितादेवीले राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिएकी हुन् । पार्टीबाट फिर्ता बोलाएसँगै मोदीले मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफूले गरेका कामबारे जानकारी गराएका छन् । निजामति प्रशासनको नेतृत्व गरेका मोदीले मन्त्रालयको नेतृत्व सम्हालेको...
जनमत पार्टी नौ महिनामा दोस्रोपटक सरकारमा सहभागी, अनितादेवी बनिन् मन्त्री
जनमत पार्टी नौ महिनामा दोस्रोपटक सरकारमा सहभागी, अनितादेवी बनिन् मन्त्री मंसिरमा भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनबाट उदाएको राष्ट्रिय जनमत पार्टी पछिल्लो नौ महिनामा दोस्रोपटक सरकारमा सहभागी भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा पुसमा सहभागी भएको जनमत पार्टी चैतमा बाहिरिएको थियो ।
सरकार ढल्दैन : कांग्रेस प्रमुख सचेतक
सरकार ढल्दैन : कांग्रेस प्रमुख सचेतक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीभित्र सरकार फेरबदलको कुनै कुरा नभएको बताएका छन् ।
Weather Update