News Griha :: न्यूजगृह
एमालेका सांसदले नाराबाजी गरेपछि संसद बैठक स्थगित
फाइल तस्बिर

काठमाडौं— प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीसँगै प्रतिनिधि सभाको बैठक भदौ ३ गतेसम्म स्थगित भएको छ ।

सोमबार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा एमालेले एक क्विन्टल सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

एमालेले सरकारी अनुसन्धानमा आफूहरूलाई विश्वास नभएको भन्दै सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नु पर्ने माग राख्दै आएको छ । एमालेले साउन १० गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १५:३०
Weather Update