News Griha :: न्यूजगृह
सरकार ढल्दैन : कांग्रेस प्रमुख सचेतक

काठमाडौं— नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीभित्र सरकार फेरबदलको कुनै कुरा नभएको बताएका छन् ।

आइतबार संसदीय दलको बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले अहिले कांग्रेस सरकार फेरबदलको पक्षमा नरहेको बताएका हुन् ।

‘अहिले हामीबीच सरकार बदल्ने, फेर्ने र ढाल्ने कुरा भएको छैन’,उनले भने । कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०८:३०
Weather Update