सदन खुलाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल जारीशुक्रबार, भदौ १, २०८०

प्रभु साहको चेतावनी— देशको अवस्था यस्तै रहिरहे विद्रोह हुन्छ शुक्रबार, भदौ १, २०८० सरकारले मधेसलाई बाढीबाट जोगाउन दीर्घकालीन कुनै ठोस कदम नचालेकाले र हरेक वर्ष तराई मधेसमा बाढीको कारण जनधनको क्षति हुने गरेको उनको भनाई थियो । त्यस्तै डुबानबाट बालीनाली नोक्सान हुने गरेको बताउँदै साहले सरकारको मधेस विरोधी व्यवहारका कारण डुबान लगायतका समस्या निरन्तर बढिरहेको दाबी गरे ।

हामीलाई मौका दिनुस्, काम गर्न सकेनौं भने घण्टी निषेधित बनोस् : रवि लामिछाने शुक्रबार, भदौ १, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एकपटक आफूहरूलाई अवसर दिन आग्रह गरेका छन् ।

अर्थमन्त्री महत भन्छन्— गठबन्धन सरकार पूरा समय रहन्छ बिहीबार, साउन ३२, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले अहिलेको कांग्रेस–माओवादीसहितको गठबन्धन सरकार पूरा समय (५ वर्ष) रहने बताएका छन् ।

प्रधानमन्त्रीको दाबी—विकृति र बेथिति अन्त्यकाे नेतृत्व माओवादीले लिन्छ बिहीबार, साउन ३२, २०८०

एउटा सियो रोक्ने विमानस्थलबाट एक क्विन्टल सुन कसरी बाहिर निस्कन्छ ? : सांसद केसी बिहीबार, साउन ३२, २०८० बिहीबार सिंहदरबारमा पत्रकारसँग बोल्दै उनले गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सय किलो सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरूको संरक्षणबिना बाहिरिन नसक्ने दाबी गरेका हुन् ।

माग पूरा नभएपछि एमालेले गर्यो संसदीय समिति बैठक बहिस्कार बिहीबार, साउन ३२, २०८० संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै यसअघि बैठक बहिस्कारको चेतावनी दिएको एमालेका सांसद बिहीबारको समिति बैठकमै अनुपस्थित भएका हुन् ।

कहालीको २० वर्ष : हत्याकाण्डपछि सुनसान बनेको दोरम्बाको रौनक अझै फर्केन बिहीबार, साउन ३२, २०८० २०६० साउन ३१ गते राति रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा रहेको नेपाली सेनाको ब्यारेकबाट मेजर राममणि पोखरेलको नेतृत्वमा टोली अपरेसनको लागि निस्कियो । सेनाको टोली रातभरि हिँडेर बिहान तत्कालीन दोरम्बा गाविसको दोरम्बा बजारमा पुग्यो । दोरम्बा बजार नजिकैको एउटा घरमा माओवादीको बैठक र वैवाहिक कार्यक्रम छ भन्ने सेनालाई पूर्व जानकारी...

स्मृति दिवस मनाउन दोरम्बा पुगे प्रधानमन्त्री बिहीबार, साउन ३२, २०८० तत्कालीन सरकार र नेकपा माओवादी केन्द्रबीच २०६० सालमा दोस्रो युद्धविराम भएको थियो । दोस्रो युद्धविरामकै समयमा साउन ३२ गते रामेछापको दोरम्बामा तत्कालीन नेपाली सेनाले २१ जना माओवादीहरूको हत्या गरेको थियो ।

पार्टीका कार्यक्रम छरितो बनाउन एमालेले बनायो मापदण्ड, मञ्चमा अब ओलीको मात्र फोटो बिहीबार, साउन ३२, २०८० पार्टीका कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टीका कमिटी तथा जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टीका अध्यक्ष बाहेक अन्य नेताका तस्बिर प्रयोग नगर्ने, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि तथा वक्तालाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने र कार्यक्रमको अन्तिमसम्म आसन ग्रहण गराइने परम्परा अन्त्य गर्ने मापदण्ड बनाइएको छ...

अर्थमन्त्री महतको टिप्पणी— प्रमुख प्रतिपक्षीबाट संसद्लाई प्रभावहीन बनाउने काम भयो बिहीबार, साउन ३२, २०८० बिहीबार जनकपुरधाममा पत्रकारहरूसँग उनले एमालेको अनावश्यक संसद् अवरोध गरिरहेकाले महत्त्वपूर्ण विधेयकहरू ओझेलमा परेको बताए । महतले आफूहरू सरकार बाहिर रहँदा कहिल्यै संसद् अवरोध नगरेको तर एमाले सरकारबाट बाहिरिने बित्तिकै अनावश्यक संसद् अवरोध गरिरहेको बताए ।

कांग्रेस नेता निधिले भने— आगामी आमनिर्वाचन देउवा नेतृत्वको सरकारले गराउँछ बुधबार, साउन ३१, २०८० नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले २०८४ सालको आमनिर्वाचन शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउने बताएका छन् ।

राष्ट्रपतिलाई भेटेपछि ओलीले भने— सत्तापक्षको जबर्जस्तीले संसद् अवरुद्ध छ, उसले नै खुलाउनुपर्छ बुधबार, साउन ३१, २०८० उनले सत्तापक्षले नै संसद्को अवरोध खुलाउनुपर्ने बताए । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलपछि अध्यक्ष ओलीले भने, ‘संसद्को गतिरोध अन्त्य गराउने विषयमा छलफल भयो । उहाँले संसद् खोल्दा राम्रै हुन्छ भन्नुभयो, मैले खोल्नैपर्छ भनेँ । संसद् अवरोध गर्नुहुँदैन्, सत्तापक्षले जबरजस्ती संसद् अवरोध गरिरहेको छ, यो अवरोध सत्तापक्षले नै खुलाउनुपर्छ ।’









