News Griha :: न्यूजगृह
सदन खुलाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल जारी

काठमाडौं— प्रतिनिधि सभाको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल जारी छ ।

सभामुख घिमिरेको सचिवालयका अनुसार सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच बालुवाटारस्थित प्रधानमन्त्री निवासमा छलफल भइरहेको छ ।

सदन अवरोध भएपछि प्रधानमन्त्रीसँग सभामुखले यसअघि पाँच पटक छलफल गरिसकेका छन् । हकङ्कबाट आएको ‘ब्रेक शु’सहित १५५ किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १०:०१
Weather Update