News Griha :: न्यूजगृह
माग पूरा नभएपछि एमालेले गर्‍यो संसदीय समिति बैठक बहिस्कार

काठमाडौं— नेकपा एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको छ । सिंहदरबारमा बसेको बैठकमा आफूहरूको मागअनुसार समिति सभापति चयन नभएको भन्दै एमालले बैठक बहिस्कार गरेको हो ।

संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै यसअघि बैठक बहिस्कारको चेतावनी दिएको एमालेका सांसद बिहीबारको समिति बैठकमै अनुपस्थित भएका हुन् ।

लामो समयदेखि संसद अवरुद्ध गराउँदै आएको एमालले मिनि संसदसमेत मानिने संसदीय समितिको बैठक पनि बहिस्कार गर्न थालेको हो । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १४:४४
Weather Update