एमालेका लागि सत्ता चासोको विषय होइन : महासचिव पोखरेलबुधबार, साउन ३१, २०८०

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता बुधबार, साउन ३१, २०८० सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै नेकपा एमालेले साउन १० देखि संसद् अवरुद्ध गरिरहेको छ । प्रमुख राजनीतिक दलहरूबीच यस विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन । राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव पनि दिएका पनि पोखरेलको...
सरकार सुशासनमा केन्द्रित छ : सञ्चारमन्त्री शर्मा बुधबार, साउन ३१, २०८० बुधबार बिहान घोराहीमा सञ्चारकर्मीहरूसँग उनले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका पक्षमा काम गरिरहेको बताइन् । भ्रष्टाचार, अनियमितताका विरुद्धमा लड्न सरकारलाई सबैको साथ र सहयोग आवश्यक पर्नेमा शर्माले जोड दिइन् । ‘सरकारले सुन तस्करी, भुटानी शरणार्थीलगायत अन्य भ्रष्टाचारका घटनामा अनुसन्धानलाई जसरी अगाडि बढाएको छ, यसमा सबैको साथ र सहयोग...

संसद् खुलाउन एमालेसहितका दलहरूसँग संवाद गर्ने सत्ता गठबन्धनको निर्णय बुधबार, साउन ३१, २०८० बुधबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी...

कोशी प्रदेश : कांग्रेसका ज्येष्ठ सदस्य मण्डल कृषि राज्यमन्त्री बने बुधबार, साउन ३१, २०८० मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मन्त्री नियुक्त गरेका हुन् । मण्डलले बुधबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् । मण्डल कोशी प्रदेश सभामा ज्येष्ठ सदस्य हुन् । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद छन् ।

कांग्रेसको पहिलो चरणको अभियान सकियो, उपलब्धि के ? बुधबार, साउन ३१, २०८० साउन १० गते सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी संगठन सञ्चालनका लागि एक वर्षे कार्यक्रम तयार गरेको छ । नयाँ पुस्तासँग जोडिने गरी कुनै अभियान सञ्चालन गर्न नसक्दा संगठन निरन्तर क्षयिकरण हुँदै गएको निष्कर्षमा पुगेको कांग्रेसले त्यसलाई जोगाउन पार्टीका दुई भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा विधानको व्यवस्थाबाहिर...

कांग्रेसको पहिलो चरणको संगठन सुदृढीकरण अभियान सम्पन्न बुधबार, साउन ३१, २०८० नेपाली कांग्रेसको संगठन सुदृढीकरणका लागि गत साउन २० गतेदेखि सुरु दश दिने अभियान सकिएको छ ।साउन २० देखि ३० गतेसम्म कांग्रेसले आन्तरिक संगठन सुदृढीकरणका लागि अभियान सञ्चालन गरेको हो ।

एमाले अध्यक्ष ओली र नेता रावलबीच भेटवार्ता मंगलबार, साउन ३०, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच भेटवार्ता भएको छ ।
माधव नेपालप्रति केपी ओलीको टिप्पणी : कहाँसम्म गिरेका होलान् मंगलबार, साउन ३०, २०८० मंगलबार नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजना रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताए ।

हामीले ठिक ठानेर प्रतिनिधि सभा विघटन गर्यौँ : केपी ओली मंगलबार, साउन ३०, २०८० नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको प्रतिनिधि सभा विघटन सही भएको बताएका छन् । उनले नेपालको वामपन्थी आन्दोलन समाप्त पार्ने योजना रोक्न प्रतिनिधि सभा विघटन गरेको बताए । मंगलबार पार्टीको बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन...

राष्ट्रिय सभा बैठक एक सातासम्म स्थगित मंगलबार, साउन ३०, २०८० साउन ३१ गते दिउँसो १ः१ बजे बस्ने गरी तय भएको उक्त बैठक सत्तापक्ष र प्रतिपक्षबीच सदन खुलाउने सहमति नभएकाले स्थगित भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । सचिवालयले सूचना टाँसेर राष्ट्रिय सभाको अर्को बैठक भदौ ५ गते मंगलबार दिउँसो १ः१ बजे बस्ने तय भएको जनाएको छ ।
प्रचण्ड-नेपाललाई लक्षित गर्दै ओलीले भने : दक्षिणपन्थीको झोला बोक्नेलाई भन्छन् झोले मंगलबार, साउन ३०, २०८० उनले माओवादी केन्द्र अध्यक्षसमेत रहेका प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष नेपाललाई लक्षित गरी दक्षिणपन्थी स्वार्थको झोले भएको टिप्पणी गरेका हुन् । बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले नेपालले एमालेमै हुँदासमेत वामपन्थी दुई तिहाइको सरकार ढाल्नका लागि दक्षिणपन्थी सरकार बनाउन भोट हालेको दाबी गरे ।

सत्ता गठबन्धनको बैठकमा यी एजेन्डामाथि छलफल सोमबार, साउन २९, २०८० प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा मुख्य तीन एजेन्डामाथि छलफल भएको छ ।ललिता निवास सार्वजनिक जग्गा प्रकरण, प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर गरिरहेको संसद् अवरोध, गौर हत्याकाण्ड प्रकरण छानबिन एजेन्डामाथि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले न्यूजगृहलाई जानकारी दिएको छ ।









