प्रचण्ड-नेपाललाई लक्षित गर्दै ओलीले भने : दक्षिणपन्थीको झोला बोक्नेलाई भन्छन् झोले
काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई झोलेको संज्ञा दिएका छन् ।
उनले माओवादी केन्द्र अध्यक्षसमेत रहेका प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष नेपाललाई लक्षित गरी दक्षिणपन्थी स्वार्थको झोले भएको टिप्पणी गरेका हुन् ।
बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले नेपालले एमालेमै हुँदासमेत वामपन्थी दुई तिहाइको सरकार ढाल्नका लागि दक्षिणपन्थी सरकार बनाउन भोट हालेको दाबी गरे ।
‘हामीलाई पनि झोले भन्छन्, तर खास वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोकेर कुदेका छन्, त्यसलाई भन्छन् झोले,’ उनले भने, ‘नामका वामपन्थी, साइनबोर्ड वामपन्थी, स्वार्थहरूको झोला बोकेका छन् दक्षिणपन्थीको झोले भनेको दक्षिणपन्थी स्वार्थका झोला बोक्नेहरू हुन् ।’
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० १४:४०













