News Griha :: न्यूजगृह
राष्ट्रिय सभा बैठक एक सातासम्म स्थगित

काठमाडौं— बुधबार दिउँसो बस्ने गरी बोलाइएको राष्ट्रिय सभा बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ ।

साउन ३१ गते दिउँसो १ः१ बजे बस्ने गरी तय भएको उक्त बैठक सत्तापक्ष र प्रतिपक्षबीच सदन खुलाउने सहमति नभएकाले स्थगित भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

सचिवालयले सूचना टाँसेर राष्ट्रिय सभाको अर्को बैठक भदौ ५ गते मंगलबार दिउँसो १ः१ बजे बस्ने तय भएको जनाएको छ । 

सूचनामा तोकिएको मितिमा बैठक नराख्न सत्तापक्ष र प्रतिपक्ष दुवै दलले आग्रह गरेकाले बैठक सारिएको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १५:४२
Weather Update