एमाले अध्यक्ष ओली र नेता रावलबीच भेटवार्ता

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच भेटवार्ता भएको छ । दुई नेताबीच मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।
भेटमा सामान्य कुराकानी भएको नेता रावलले जानकारी दिए । उनले भने,‘अहिले देशको स्थिति र पार्टीको स्थितिबारे सामान्य कुराकानी भयो । हाम्रा सोच दृष्टिकोणबारे समान्य छलफल भयो ।’
चितवनमा भएको १०औं महाधिवेशनमा ओलीलाई अध्यक्षमा चुनौती दिएका रावल त्यसयता पार्टी कार्यालय पुगेका थिएनन् ।
लामो समय पछि साउन ३० गते अपरान्ह नेकपा (एमाले) के.का. मा अध्यक्ष क. के.पी. ओलीसंग भेटवार्ता भयो।दुई घण्टा लामो कुराकानीमा भलाकुसारी, पार्टीमा भएका विगतका घटनाक्रम र राष्ट्रिय राजनीतिका विविध पक्षबारे सौहार्दपूर्ण रूपमा विचारको आदानप्रदान भयो।फेरी कुराकानी गर्ने गरी भेटघाट सकियो। pic.twitter.com/1cbbgbmjtz
— Bhim Rawal, PhD (@BhimRawal179) August 15, 2023
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० २०:५८













