News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको दाबी—विकृति र बेथिति अन्त्यकाे नेतृत्व माओवादीले लिन्छ

दोरम्बा— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा रहेका विकृति र बेथिति अन्त्यको नेतृत्व माओवादी केन्द्रले लिने दाबी गरेका छन् ।

बिहीबार नेकपा माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाले आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो दाबी गरेका हुन् ।

देशको व्यवस्थामा परिर्वतन ल्याउने आन्दोलन, स्वाधिनता र अखण्डताका पक्षमा लडेको माओवादी केन्द्रलाई पछिल्लो समय जनताको जीवनमा परिर्वतन ल्याउनेबारे कार्यशैलीगत अन्योल रहेकोमा त्यो बाटो पहिल्याएको उनले बताए ।

प्रधानमन्त्री दाहालले भने,‘अहिले देशमा धेरै बेथिति छन् । तीनको अन्त्य गर्ने नेतृत्व कसैन कसैले त लिनै पर्छ । यसको नेतृत्व हिजो जनताका अधिकार स्थापित गर्ने परिर्वतनका आन्दोलमा सहभागी भएका बलिदानीको कृतिमान कायम गरेका हामी माओवादीले लिनुपर्छ ।’

निर्वाचनका बेला व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौं भनेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले यसअघि व्यवस्था बदल्न के गर्ने भन्नेमा अल्मलिने गरेको भएपनि अब भने बाटो पहिल्याएको बताए ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १८:३०
Weather Update