कांग्रेस नेता निधिले भने— आगामी आमनिर्वाचन देउवा नेतृत्वको सरकारले गराउँछ
मलेखु— नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले २०८४ सालको आमनिर्वाचन शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउने बताएका छन् ।
नेता निधिले वर्तमान सरकार निर्माण गर्दा नै २०८४ सालको आमनिर्वाचन पार्टी सभापति देउवा नेतृत्वको सरकारले गराउने सहमति भएको स्मरण गराए ।
‘चालु संसद् पाँच वर्ष कायम रहनु नै वर्तमानको सन्दर्भमा स्थिरता कायम रहनु हो, यो संसद् पाँच वर्ष नै कायम रहन्छ’, निधिले भने, ‘वि.सं. २०८४ मा हुने आम निर्वाचनसम्म देशमा तीन वटा प्रधानमन्त्री पाउने छ, संसद् विघटन हुने छैन ।’
सरकारको नेतृत्व परिवर्तन हुनु अस्थिरता नभएर संसद् विघटन हुनु अस्थिरता रहेको उनले बताए ।
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८० २१:०४