दसैंमा गाउँ नै रमाइलो... बिहीबार, असोज २४, २०८१
यसरी भएको थियो सिन्धुलीमा गाडी दुर्घटना मंगलबार, असोज २२, २०८१ उदयपुरका ४० वर्षीय रमेश दनुवारले गाडी चलाएका थिए। उनको उपचार भइरहेको छ। बस दुर्घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ। गाडीमा सवार यात्रुका अनुसार सोमबार दिउँसो ३ बजे आसपासतिर सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा पल्टेको गाडी काठमाडौंको चाबहिलबाट सोमबार बिहान ४ बजे छुटेको थियो।
बाढीसँगै बग्यो धान बेचेर दसैँ मनाउने योजना सोमबार, असोज २१, २०८१ देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढी खेतमा धानखेती गरेका थिए। त्यसमध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धान लगाएका थिए।अघिल्ला वर्षहरूमा उनी दसैँ अघिनै धान भित्र्याइसक्थे। यसपालि पनि दसैँ अघि नै धान काटेर भित्र्याइसक्ने उनको योजना थियो।
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल सोमबार, असोज २१, २०८१ दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौं उपत्यका छाडेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए। उनका शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार चार सय ६५ जना काठमाडौंबाट बाहिरिएका...
बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर सोमबार, असोज २१, २०८१ बारपाक लाहुरेहरुको गाउँ हो । दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रसको उपाधि प्राप्त गरेका गजे घलेको गाउँ भएकाले बारपाकको इतिहास गर्विलो छ । बुद्ध हिमालको काखमा समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित बारपाकको कला, संस्कृति, परम्परागत रीतिरिवाज, वीरता र प्राकृतिक सौन्दर्यता विश्वसामु चिनाउन पहल गर्नुपर्नेमा स्थानीयको जोड छ।
सडक अवरुद्ध भएका बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै सोमबार, असोज २१, २०८१ गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ ।
सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सोमबार, असोज २१, २०८१ गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ। दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ।
बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने अनुमान बिहीबार, असोज १७, २०८१ गत साता मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न २० अर्बदेखि २५ अर्ब लागत लाग्ने अनुमान गरिएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक निरीक्षणपछि संरचनाहरुको स्थायी रुपमा सुधार गर्न सो बराबरको बजेट आवश्यक भएको जनाएको छ।
बाढीबाट इमाडोलका उद्योगहरुमा करोड भन्दा बढीको क्षति सोमबार, असोज १४, २०८१ दुई दिनको वर्षापछि उर्लेर आएको भेलले ललितपुर महानगरपालिका–२ इमाडोलमा सञ्चालित ग्लोबल प्याकेजिङ इन्डष्ट्रिज प्रालिको मात्र एक करोड ६० लाख बराबरको धनमाल नोक्सान भएको प्रारम्भिक अनुमान छ। कारखानाका सञ्चालक राजेश श्रेष्ठका अनुसार बाढीले कच्चा पदार्थ, तयारी सामान र मेसिनहरूमा ठूलो क्षति पुर्याएको छ।
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, ७२ जना बेपत्ता आइतबार, असोज १३, २०८१ अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ । यो विपदमा समाचार तयार पार्दासम्म ७२ जना बेपत्ता भएका छन् भने १०० जना घाइते भएका छन् ।
पाक्नै लागेको धान धमाधम जंगली हात्तीले खान थालेपछि... बिहीबार, असोज १०, २०८१ शुक्लाफाँटा नगरपालिका–५ का दुई बस्तीमा जंगली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछी कृषक मारमा परेका छन्। एक साता अघिदेखि हात्तीको बथान गर्जमुनी र खजुवा बस्तीका किसानको खेतबारीमा छिर्ने गरेको र तीन बिघामा लगाइएको धानबाली खाएर सखाप पारेको स्थानीय किसान प्रतापसिंह रतोकीले बताए।
नवलपुर जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या आइतबार, असोज ६, २०८१ बर्दघाट सुस्तापूर्व नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताल १५ शय्यामा सीमित रहँदा बिरामीको चाप धान्न समस्या भएको छ । २०७५ सालमा सामुदायिक रूपमा सञ्चालित अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ शय्याको जिल्ला अस्पताल कायम गरेको थियो ।
नगरकोटमा कार दुर्घटना हुँदा ७ जना घाइते आइतबार, असोज ६, २०८१ झापा दमक नगरपालिका–१० घर भएकी निशा श्रेष्ठका नाममा रहेको उक्त कार दुर्घटना हुँदा तीन महिला, दुई पुरुष र दुई बालक घाइते भएका र उनीहरूलाई उपचारका लागि मध्यपुर अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।