बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने अनुमान बिहीबार, असोज १७, २०८१

बाढीबाट इमाडोलका उद्योगहरुमा करोड भन्दा बढीको क्षति सोमबार, असोज १४, २०८१ दुई दिनको वर्षापछि उर्लेर आएको भेलले ललितपुर महानगरपालिका–२ इमाडोलमा सञ्चालित ग्लोबल प्याकेजिङ इन्डष्ट्रिज प्रालिको मात्र एक करोड ६० लाख बराबरको धनमाल नोक्सान भएको प्रारम्भिक अनुमान छ। कारखानाका सञ्चालक राजेश श्रेष्ठका अनुसार बाढीले कच्चा पदार्थ, तयारी सामान र मेसिनहरूमा ठूलो क्षति पुर्याएको छ।

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, ७२ जना बेपत्ता आइतबार, असोज १३, २०८१ अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ । यो विपदमा समाचार तयार पार्दासम्म ७२ जना बेपत्ता भएका छन् भने १०० जना घाइते भएका छन् ।

पाक्नै लागेको धान धमाधम जंगली हात्तीले खान थालेपछि... बिहीबार, असोज १०, २०८१ शुक्लाफाँटा नगरपालिका–५ का दुई बस्तीमा जंगली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछी कृषक मारमा परेका छन्। एक साता अघिदेखि हात्तीको बथान गर्जमुनी र खजुवा बस्तीका किसानको खेतबारीमा छिर्ने गरेको र तीन बिघामा लगाइएको धानबाली खाएर सखाप पारेको स्थानीय किसान प्रतापसिंह रतोकीले बताए।

नवलपुर जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या आइतबार, असोज ६, २०८१ बर्दघाट सुस्तापूर्व नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताल १५ शय्यामा सीमित रहँदा बिरामीको चाप धान्न समस्या भएको छ । २०७५ सालमा सामुदायिक रूपमा सञ्चालित अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ शय्याको जिल्ला अस्पताल कायम गरेको थियो ।

नगरकोटमा कार दुर्घटना हुँदा ७ जना घाइते आइतबार, असोज ६, २०८१ झापा दमक नगरपालिका–१० घर भएकी निशा श्रेष्ठका नाममा रहेको उक्त कार दुर्घटना हुँदा तीन महिला, दुई पुरुष र दुई बालक घाइते भएका र उनीहरूलाई उपचारका लागि मध्यपुर अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेट आइतबार, असोज ६, २०८१ संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो ।

सोह्र श्राद्धको बेला मुक्तिनाथमा दर्शनार्थीको घुइँचो शनिबार, असोज ५, २०८१ प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ। विशेषतः प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध)का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन्।

मध्यविन्दुमा फोहरबाट जैविक मल उत्पादन सुरु शुक्रबार, असोज ४, २०८१ शहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ। मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन सुरु गरिएको हो।

तराई हुँदै काठमाडौंसम्म पुग्छ भोजपुरको अकबरे खुर्सानी बुधबार, असोज २, २०८१ पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ। पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ।

मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त, डेढ वर्षमा जम्मा १६ प्रतिशत काम मंगलबार, असोज १, २०८१ मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ।

मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सीआईबीको अनुसन्धान सुरु आइतबार, भदौ ३०, २०८१ उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

छोरीबुहारीलाई उच्चशिक्षा दिँदै बर्दिबास क्याम्पस शनिबार, भदौ २९, २०८१ जुन कक्षामा छिरे पनि छात्रा नै भरिभराउ छन्। लाग्छ, महोत्तरीको बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस छोरीबुहारी मात्र पढछन्। क्याम्पसका एक हजार एक सय विद्यार्थीमा छात्रा सात सय भन्दा बढी छन्।पूर्व धनुषा, पश्चिम सर्लाही, उत्तर सिन्धुली र दक्षिणमा बर्दिबास नगरपालिकाको बीचमा अवस्थित छ यो क्याम्पस। यो क्याम्पस हाल आएर...