News Griha :: न्यूजगृह
बेनी–जोमसोम यात्रामा मन लोभ्याउने झरनाहरू
बेनी–जोमसोम यात्रामा मन लोभ्याउने झरनाहरू सडक मार्ग भएर मुस्ताङ भ्रमणमा जाने पर्यटकले म्याग्दी खण्डमा कच्ची र अप्ठ्यारो सडक छिचोल्नुपर्छ।म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसा नपुग्दासम्म करिब ४५ किलोमिटर सडक पूर्णरुपमा स्तरोन्नति भइसकेको छैन।
आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन
आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन्।शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।
स्वामित्व हस्तान्तरण नहुँदा ‘धनगढी सभागृह’ प्रयोगविहीन
स्वामित्व हस्तान्तरण नहुँदा ‘धनगढी सभागृह’ प्रयोगविहीन धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ। शहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण गरिएको सो सभागृहको स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन भएको हो। 
तल्लो अरुण जलविद्युत आयोजनाबाट २६८ परिवार प्रभावित हुने
तल्लो अरुण जलविद्युत आयोजनाबाट २६८ परिवार प्रभावित हुने सङ्खुवासभामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट २६८ परिवार प्रत्यक्षरूपमा प्रभावित हुने भएका छन्।
राजविराज–छिन्नमस्ता सडक अधुरै
राजविराज–छिन्नमस्ता सडक अधुरै राजविराज–छिन्नमस्ता सडक दुई वर्षदेखि निर्माणाधीन अवस्थामा छ। सप्तरीको प्रसिद्ध पवित्र धार्मिकस्थल छिन्नमस्ता भगवती शक्तिपीठसम्म पुग्ने उक्त सडक गत असारमै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो। तर हालसम्म सो सडकको २९ प्रतिशत मात्र काम सकिएको छ।
रातभर जाग्राम बस्छन् मध्यवर्ती क्षेत्रका बासिन्दा
रातभर जाग्राम बस्छन् मध्यवर्ती क्षेत्रका बासिन्दा सुनसरीको बराहक्षेत्र नगरपालिका–२ पुनर्वासका स्थानीय जङ्गली हात्तीको त्रासमा रातभर जाग्राम बस्छन्। कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपासका जङ्गलबाट आउने हात्तीको त्रासका कारण मध्यवर्ती क्षेत्रका बासिन्दा जाग्राम बस्दै आएका हुन्।
कर्णाली राजमार्ग खुल्न अझै २ दिन लाग्ने, करोडौँको स्याउ अलपत्र
कर्णाली राजमार्ग खुल्न अझै २ दिन लाग्ने, करोडौँको स्याउ अलपत्र चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र परेको छ। कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो।हुम्ला, मुगुबाट सुर्खेत नेपालगञ्ज स्याउ बोकेर हिँडेका सयौँको सङ्ख्याका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन्।
राजमार्गको दुरावस्थाले हेलिकप्टर प्रयोग गर्न बाध्य धादिङका बिरामी
राजमार्गको दुरावस्थाले हेलिकप्टर प्रयोग गर्न बाध्य धादिङका बिरामी पृथ्वी राजमार्ग हुँदै धादिङबेँसीबाट काठमाडौं पुग्न हिजोआज एम्बुलेन्सलाई पनि कम्तीमा चार घण्टा लाग्छ। पृथ्वी राजमार्गको यो दुरावस्थाले गर्दा धादिङ अस्पताल आइपुगेका बिरामी हेलिकप्टर प्रयोग गर्न बाध्य भएका छन्। शुक्रबार दिउँसो नीलकण्ठ नगरपालिका–३ की तीन दिनकी सुत्केरी भावना रिजाललाई हेलिकप्टरको प्रयोग गरेर काठमाडौं पुर्‍याइएको छ।
६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन
६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन बर्दघाट सुस्तापूर्वको कावासोतीमा ६८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ। कावासोती नगरपालिका–१ बालुवाडाँडामा ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो। 
पर्यटन पूर्वाधारले आकर्षक बन्दै काभ्रेको ‘तीनधारे झरना’
पर्यटन पूर्वाधारले आकर्षक बन्दै काभ्रेको ‘तीनधारे झरना’ काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल ‘तीनधारे झरना’मा पर्यटन पूर्वाधारको थप गरिएसँगै आकर्षक बन्दै गएको छ।पर्यटकको आगमन बढ्दै गएपछि यहाँ आउने पर्यटकलाई थप सहजता प्रदान गर्न शौचालय, कपडा फेर्न कोठा र माथि डाँडाबाट सुन्दर झरनाको दृश्य अवलोकन गर्न विश्रामस्थल र रेलिङलगायत संरचरना निर्माण गरिएको हो।
थासाङ हिउँपहिरो: थुनिएको खोला बग्न थाल्यो [अपडेट]
थासाङ हिउँपहिरो: थुनिएको खोला बग्न थाल्यो [अपडेट] मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि बुधबार बिहानदेखि बग्न थालेको हो। थासाङ–२ का वडाध्यक्षसमेत रहेका गाउँ कार्यपालिकाका प्रवक्ता गौतम शेरचनले मंगलबार बिहानदेखि थुनिएको ठाउँबाट खोला बग्न थालेको बताए।
साइन्समा फेल भएपछि ड्रोन मर्मतमा जमेका राजकुमार
साइन्समा फेल भएपछि ड्रोन मर्मतमा जमेका राजकुमार पछिल्ला दिनमा फोटोग्राफी गर्ने सामान्य मानिसदेखि फोटो पत्रकारसम्मले प्रविधिको नवीनतम उपहारका रुपमा रहेको ड्रोनको अत्यधिक प्रयोग गर्न थालेका छन्। विवाह उत्सव तथा अन्य सार्वजनिक जमघटमा ड्रोन नभए खल्लो महसुस हुन थालेको छ। आकर्षक र गुणस्तरीय तस्बिर, भिडिओ खिच्नेको सौख बन्दै गएको ड्रोनको प्रयोग र बिक्री वितरणमा देखिएको लहरले मानिसका चाहनालाई...
Weather Update