News Griha :: न्यूजगृह
‘जहाँको दूध बिक्री नै हुँदैन’
‘जहाँको दूध बिक्री नै हुँदैन’ कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा एक घर एक अनिवार्य गाईभैँसी पाल्ने चलन बिस्तारै सुरु हुन थालेको छ। परम्परादेखि नै एउटा घरमा एउटा गाई वा भैँसी अनिवार्य पाल्ने गरिएकामा बीचमा अन्य पेसा व्यवसायतर्फ लागेका किसानलाई पुनः पशुपालनतर्फ आकर्षित गर्न खोजिएको छ। 
सिस्नोको पाउडर र गुन्द्रुकले बजार पाएन
सिस्नोको पाउडर र गुन्द्रुकले बजार पाएन बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला उद्यमीले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, आलु चिप्सलगायतका उत्पादनले बजार नपाएपछि निराश बनेका छन्। रुद्रताल सामाजिक महिला सहकारी संस्थामार्फत गत वर्षदेखि उत्पादन सुरु गरेका महिलाहरुको उत्पादित सामग्रीले बजार नपाएपछि उनीहरु निराश भएका हुन्। 
२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न : परीक्षण उत्पादन सुरु हुँदै
२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न : परीक्षण उत्पादन सुरु हुँदै २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो।
व्यावसायिक बाख्रापालनतर्फ किसानको आकर्षण
व्यावसायिक बाख्रापालनतर्फ किसानको आकर्षण पछिल्ला वर्षहरूमा पशुपालनका क्षेत्रमा गाईभैँसी पाल्ने किसानको सङ्ख्या घट्दै गए पनि बाख्रा पाल्नेको सङ्ख्या भने बढ्दै गएको छ। पशुपालनका क्षेत्रमा धेरै मेहनत र परिश्रम गर्नुपर्ने भएकाले त्यो क्षेत्रभन्दा कम मेहनत लाग्ने बाख्रापालनतर्फ किसानको आकर्षण बढेको देखिएको केन्द्रका प्रमुख गुरागाइँले बताए। 
गाडीमा कोचिएरै यात्रा गर्न सर्वसाधारण बाध्य, ट्राफिक प्रहरी मूकदर्शक 
गाडीमा कोचिएरै यात्रा गर्न सर्वसाधारण बाध्य, ट्राफिक प्रहरी मूकदर्शक  सर्वसाधारण यात्रु थोत्रा गाडीमा कोचिएरै यात्रा गर्न बाध्य छन्। पर्यटकीय राजधानीसमेत रहेको पोखरामा २० वर्ष नाघेका सवारी साधन निर्वाध चलिरहेका भेटिन्छन्। यान्त्रिक अवस्था ठीक नभएका (थोत्रा) सवारी साधन सडकमा गुड्दा प्रदूषण, दुर्घटनाको जोखिम बढ्नाका साथै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ। बिहान र बेलुका कार्यालय छुट्ने समयमा पोखराको सार्वजनिक यातायात अस्तव्यस्त...
म्याग्दीको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला, गत पुसमा बेपत्ता भएकी मीनाको हुन सक्ने
म्याग्दीको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला, गत पुसमा बेपत्ता भएकी मीनाको हुन सक्ने शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गङ्गटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरी तथा जनप्रतिनिधिलाई खबर गरेका थिए।
खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’ भरिभराउ
खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’ भरिभराउ कोभिड १९ महामारीदेखिका खाली कन्टेनर रोटेसन नहुँदा भन्सार यार्डमा खाली कन्टेनरको चाङ देखिएको छ। सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बन्दगाहको भन्सार यार्डमा एक हजार पाँच सय ७६  खाली कन्टेनर हुँदा ठाउँ व्यवस्थापनमा समस्या भएको जानकारी दिए।
कर्णालीमा २३ हजार मेट्रिक खाद्यान्न अपुग
कर्णालीमा २३ हजार मेट्रिक खाद्यान्न अपुग कर्णालीमा गत आर्थिक वर्ष २०८०/८१ मा साढे पाँच लाख मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ। कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कानुसार पाँच लाख ५२ हजार नौ सय ३० मेट्रिक टन खाद्यान्न उत्पादन भएको हो। 
सर्लाहीमा एक युवक मृत भेटिए, हत्याको आशङ्का
सर्लाहीमा एक युवक मृत भेटिए, हत्याको आशङ्का सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा शनिबार एक युवक मृत फेला परेका छन्। टाँडी निवासी १९ वर्षीय मुन्ना साह मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेङ्गु सङ्क्रमण पुष्टि
सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेङ्गु सङ्क्रमण पुष्टि सोलुखुम्बु सदरमुकाम सल्लेरीका पसी शेर्पा विगतमा लामखुट्टेबाट सार्ने रोगको जोखिममा परेका छैनन्। उनलाई लामखुट्टेको टोकाइबाट रोग लाग्छ र सर्दछ भन्ने जानकारीसम्म छैन।  तर, पछिल्लो दुई वर्षदेखि सल्लेरीमै लामखुट्टेबाट सार्ने रोगको जोखिम बढ्न थालेपछी उनी चिन्तित हुन्छन्। उनले भने, ‘म  गाउँ छोडेर अन्यत्र गएको छैन।  पछिल्ला वर्षमा लामखुट्टे देखिन थालेको छ।’
माछापालनप्रति किसानको आकर्षण बढ्दो
माछापालनप्रति किसानको आकर्षण बढ्दो सरकारले माछापालन गर्न सिफारिस गरेका रोहु, नैनी, सिल्भर कार्प, कमल कार्प, ग्रास कार्प, विवेक कार्प, भागगोर र वडगासी जातका माछा यहाँ उत्पादन गर्ने गरिएको छ। कावासोती, देवचुली र मध्यविन्दु नगरपालिकाको तीन सय हेक्टर क्षेत्रफलमा व्यावसायिकरुपमा कृषि उत्पादन केन्द्र माछा ब्लक कार्यक्रमअन्तर्गत नयाँ पोखरी निर्माण गरी माछापालन गर्न कार्यालयले प्रोत्साहन गरेको...
 बागलुङ बडिगाड पहिरो : थप दुई जनाको शव भेटियो, एक जना अझै बेपत्ता
 बागलुङ बडिगाड पहिरो : थप दुई जनाको शव भेटियो, एक जना अझै बेपत्ता अध्यक्ष अधिकारीका अनुसार पहिरामा परी घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको अवस्था गम्भीर भएको हुँदा हेलिकप्टरमार्फत उपचार गर्न काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार हुँदैछ।
Weather Update