News Griha :: न्यूजगृह
‘गाउँको शिरमा भीर छ, त्यही भीर कतिबेला खस्ने हो राम्चेगाउँवासीलाई पिर छ’
‘गाउँको शिरमा भीर छ, त्यही भीर कतिबेला खस्ने हो राम्चेगाउँवासीलाई पिर छ’ बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ। बाजेको पालादेखि राम्चेगाउँमा बस्दै आएका उनलाई बर्सेनि पहिरोले बस्ती क्षेत्रको जमिन कटान गर्दै लगेकाले कुनै दिन गाउँ नै पहिरोले निल्ने हो कि भन्ने त्रासले रात कटाउन...
प्रधानमन्त्री ओलीको प्राथमिकतामा पानीजहाज र रेलमार्ग सञ्चालन
प्रधानमन्त्री ओलीको प्राथमिकतामा पानीजहाज र रेलमार्ग सञ्चालन नेपाललाई पानीजहाज र रेलमार्गको सञ्जाल विस्तार गरेर अन्तरदेशीय र सहज यातायात सञ्चालनको योजना तर्जुमा गर्न आवश्यक रहेको उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले २०४६ सालपछि गरिएको निजिकरणले उपलब्धि दिन नसकेको बताए। उनले ७० देखि ८० को दशक राजनीतिक प्रगतिको दशक मात्रै नभई आर्थिक प्रगतिको दशक पनि भएको बताए।
बाँझो जग्गामा फलफूल खेती गरेर मनग्गे आम्दानी
बाँझो जग्गामा फलफूल खेती गरेर मनग्गे आम्दानी बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुट्न थालेका छन्।वर्षौँदेखि बाँझो रहेको खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त  आम्दानी हुन थालेपछी कृषक उत्साहित भएका छन्।
मलेसियाबाट फर्केर खड्गबहादुरले अकबरे खुर्सानी खेती गरे, वर्षको कमाउँछन् १५ लाख 
मलेसियाबाट फर्केर खड्गबहादुरले अकबरे खुर्सानी खेती गरे, वर्षको कमाउँछन् १५ लाख  माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन। आफ्नै बारीमा गरेको व्यावसायिक अकबरेखेतीबाट घरखर्च चलेको छ। मलेसियाको रोजगारीबाट फर्केर दुई वर्षअघि ‘बताहा कृषि तथा नर्सरी फार्म’ दर्ता गरी व्यावसायिक रूपमा अकबरेखेती सुरु गरेका कार्कीले वार्षिक १५ लाख आम्दानी गर्दै आएका हुन्।
गण्डकी प्रदेशमा बने २० वटा पुल
गण्डकी प्रदेशमा बने २० वटा पुल गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा २० वटा पुल निर्माण गरेको छ। ती पुलबाट बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।
सुपारीखेती भरपर्दो आम्दानीको स्रोत
सुपारीखेती भरपर्दो आम्दानीको स्रोत झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ। कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन्। 
बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण
बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण बेनी बजार र आसपासका क्षेत्रमा बाढी नियन्त्रण गर्न एक किलोमिटर ४४ मिटर लामो पक्की पर्खाल निर्माण भएको छ।रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले ५० करोड रुपैयाँको लागतमा म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा कम्पोजिट, काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पर्खाल निर्माण गरेको हो। 
इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो, किसान दङ्ग
इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो, किसान दङ्ग इलाममा आर्थिक वर्ष २०८०—८१ मा ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन्।माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन। वर्षौंदेखि आकाशे खेतीमा निर्भर उनी यस वर्षदेखि सिँचाइ सुविधा पाएर दङ्ग छन्।
दुई वर्ष पुग्नुभन्दा एक दिनअघि राजीनामा दिन्छु : प्रधानमन्त्री
दुई वर्ष पुग्नुभन्दा एक दिनअघि राजीनामा दिन्छु : प्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट जनचाहनाअनुसार काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिसकेको स्मरण गराए। 
भोटमा नुन बोक्दाका कथाव्यथाको साक्षी हो गुरुङ सम्पदा पदमार्ग
भोटमा नुन बोक्दाका कथाव्यथाको साक्षी हो गुरुङ सम्पदा पदमार्ग पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकास हुनुपर्ने विषय उठिरहेको अवस्थामा कास्कीको मादी गाउँपालिकाको ताङतिङदेखि मनाङको तिमाङ जोडिने गुरुङ सम्पदा पदमार्ग घोषणा भएको छ। 
कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो
कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका अनुसार फक्ताङलुङ गाउँपालिका–७ याङ्माका आङ्मु शेर्पा, गोम्बो शेर्पा, नाम्ग्या शेर्पा, छिरिङ शेर्पा, झम्जुक शेर्पा, छिमिदोर्जे  शेर्पा, छेतेन टासी शेर्पा, भोमो शेर्पा र तेन्जिङ शेर्पाले पालेको याक हिउँचितुवाले आक्रमण गरी क्षति पुर्याएको हो। उच्च हिमाली क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेका याक पालन नै...
ढाका उद्यममा प्यारीमायाको प्रेम
ढाका उद्यममा प्यारीमायाको प्रेम पछिल्लो समय युवाहरूमा विदेश जानेमात्र होइन, स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मानसिकता पनि विकसित हुँदै गएको छ। विभिन्न तालिम प्रदायक संस्थाबाट तालिम लिई व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूको सङ्ख्या पनि बढ्दै गएको छ।
Weather Update