ताप्लेजुङ पाथीभराको विकल्प बन्दै भेडेटारको पाथीभरा आइतबार, साउन १३, २०८१

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी शनिबार, साउन १२, २०८१ मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ। उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिए।

तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र शनिबार, साउन १२, २०८१ करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ।

चितवनमा कन्टेनर र ट्रक ठोक्किँदा दुवै चालकको मृत्यु, सहचालकको अवस्था गम्भीर शुक्रबार, साउन ११, २०८१ चितवनको नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुवै गाडीका चालकको मृत्यु भएको छ। दुर्घटनामा एक जना सहचालक गम्भीर घाइते भएका छन्।

एक वर्षमा पाथीभरामा करिब ४ करोड भेटी सङ्कलन बुधबार, साउन ९, २०८१ प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षको अवधिमा करिब चार करोड भेटी सङ्कलन भएको छ। स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि यहाँ आउने भक्तजनले भेटीका रुपमा चढाएको उक्त रकम सङ्कलन गरिएको हो।

संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण सोमबार, साउन ७, २०८१ मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ। घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३ किलोमिटर पदमार्ग निर्माण र स्तरोन्नति गरिएको हो।
-1714474494.jpg)
६० किलो चित्तलको मासुसहित बाँकेबाट एकजना पक्राउ आइतबार, साउन ६, २०८१ बाँकेबाट चित्तलको मासुसहित एक जनालाई पक्राउ गरिएको छ।बाँके राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा तैनाथ रणबम गणमा कार्यरत नेपाली सेनाको संयुक्त गस्ती टोलीले गएराति कोहलपुर नगरपालिका–१३ का मोहन थारूलाई ६० किलोग्राम चित्तलको मासुसहित पक्राउ गरेको हो।

ड्रागन फ्रुट बिक्रीबाट वार्षिक १६ लाख आम्दानी शनिबार, साउन ५, २०८१ व्यास नगरपालिका–५ ढोडेनीकी किसान कल्पना गौलीले ड्रागन फ्रुट (सिउँडी फल) बिक्रीबाट गत वर्ष १६ लाख रुपैयाँ आम्दानी गरेकी छन्। ९ रोपनी क्षेत्रफलमा लगाइएका २ हजार १ सय बिरुवाबाट उनले १६ लाख रुपैयाँ आम्दानी गरेकी हुन्।

उद्योगमन्त्री भण्डारीले अस्पताल पुगेर भेटे पूर्वप्रधानमन्त्री चन्द शनिबार, साउन ५, २०८१ बिहीबारदेखि वीर अस्पताल उपचाररत ८५ वर्षीय चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका छोरा अरुण चन्दले जानकारी दिए। उनका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र मङ्गलबारसम्म ‘डिस्चार्ज’ हुने अपेक्षा गरिएको छ।

आलुको कारोबार अब सहकारीमार्फत शनिबार, साउन ५, २०८१ कृषि ज्ञान केन्द्र तनहुँले आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा प्रशोधन योग्य आलु उत्पादनमा वृद्धि भएको छ।

नेपाल पोलियोमुक्त भएको १० वर्षपछि काठमाडौंको ढलमा भेटियो पोलियो भाइरस शनिबार, साउन ५, २०८१ उपत्यकामा पोलियोको जीवाणु भेटिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ। परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई घरघर गएर पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन गर्न थालिएको बताए।

गत आवमा १४ हजारभन्दा बढी महिला पदयात्रीले गरे गोसाइँकुण्ड क्षेत्र अवलोकन शुक्रबार, साउन ४, २०८१ लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्र अवलोकनका लागि गत आर्थिक वर्षमा चौध हजार भन्दाबढी महिला पैदलयात्रीले भ्रमण गरेका छन्।

देवघाटमा बन्दै गरेको शवदाह गृह बाढीको जोखिममा शुक्रबार, साउन ४, २०८१ विगत छ वर्षदेखि निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ। निर्माण सम्पन्न नहुँदै हालै नारायणी नदीमा आएको बाढीले शवदाह गृहको भुइँतला डुबाएको छ भने भवनको सुरक्षाका लागि लगाएको बाँध ढल्किएर लड्ने अवस्थामा पुगेको छ।