News Griha :: न्यूजगृह
तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र
प्रतीकात्मक तस्बिर।

तनहुँ— करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ।

भानु–११ मानेचौका बजारदेखि आयुर्वेदचोकसम्म पहिलो चरणमा कालोपत्र गर्ने कार्य सुरु भएको हो।

तीन दशक अगाडि ट्रयाक खुलेको उक्त सडकखण्डमा  पहिलो चरणमा ९८ लाख बराबरको काम भइरहेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए।

आर्थिक वर्ष २०८०–०८१ मा विनियोजित उक्त बजेटबाट अहिले कालोपत्र गर्न थालिएको हो। यो सडकले तनहुँको भानुसँगै लमजुङको कुन्छालाई जोड्नेछ।

नगरपालिकाले उक्त सडकखण्डलाई नगर गौरवको आयोजनाका रुपमा सूचीकृत गरेको छ। नगरपालिका, प्रदेश र संघीय सरकारसँगको साझेदारीमा उक्त सडकको बाँकी खण्डमा पनि कालोपत्र गर्दैलैजाने प्रमुख त्रिपाठीले बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०७:४५
समसामयिक
Weather Update