News Griha :: न्यूजगृह
उद्योगमन्त्री भण्डारीले अस्पताल पुगेर भेटे पूर्वप्रधानमन्त्री चन्द

काठमाडौं— वीर अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई शनिबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भेट गरेका छन्।

बिहीबारदेखि वीर अस्पताल उपचाररत ८५ वर्षीय चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका छोरा अरुण चन्दले जानकारी दिए। उनका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र मङ्गलबारसम्म ‘डिस्चार्ज’ हुने अपेक्षा गरिएको छ।

शनिबार उद्योगमन्त्री भण्डारीले भेटेर चन्दको स्वास्थ्य लाभको कामना गरे। पूर्वप्रधानमन्त्री चन्द र भण्डारी एकै जिल्ला बैतडीका बासिन्दा हुन्।

उद्योगमन्त्री भण्डारीले चन्दको स्वास्थ्यलाभको कामना गर्दै घर फर्किएपछि मन्त्रालयका विषयमा सुझाव लिन निवासमै आउने समेत बताएका छन्। उद्योगमन्त्री भण्डारीसँगै नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्द पनि अस्पताल पुगेका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १३:५१
Weather Update